अछाममा चट्याङ लागेर ४ जना घाइते

अछाम । अछाम जिल्लामा शनिवार राती चट्याङ लागेर चार जना घाईते भएका छन् । अछामको कमलबजार नगरपालिका वडा नं १ मुलिका ३५ बर्षीय पुर्ण बहादुर भण्डारी, उनकी श्रीमती ३३ बर्षीया मोतिकला भण्डारी, सोही ठाउँकी १८ बर्षीया तुल्क्षा बजगाई र १५ बर्षीया डिक्रा बजगाई घाईते भएका ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो ।
घाईतहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । यस्तै चट्याङ लागेर पुर्ण बहादुर भण्डारीका दुईवटा भैँसी र जक्तिराम बजगाईका दुइवटा बाख्रा मरेका छन् ।
चट्याङले पूर्ण बहादुर भण्डारीको घरमा सामान्य क्षती भएको छ भने कमलबजार नगरपालिका वडा नं १ मुलिमा रहेको धारीगाड लघु जलविद्युत समेत अबरुद्ध भएको भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्