मोटरसाइकलले ठक्कर दिँदा एक बालिका गम्भीर घाइते

तुलसीपुर । पश्चिम दाङको बाँकामा मोटरसाइकलले ठक्कर दिँदा ८ बर्षकी बालिका गम्भीर घाइते भएकी छन् ।
तुलसीपुरबाट श्री गाउँ जाँदै गरेको रा३प १६ नम्बरको मोटरसाइकलले दंगीशरण गाउँपालिका–७ बाँकामा ठक्कर दिँदा सोही ठाउँ निवासी बुद्धिराम कुमालकी ८ वर्षकी छोरी सरिता कुमाल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपाले जानकारी दिनुभयो ।
गम्भीर घाइते बालिकाको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्