२ हप्तादेखि बेपत्ता वृद्ध मृत फेला

बैतडी । बैतडीका एक वृद्ध आज बिहानै मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा पाटन नगरपालिका–४ चिल्लेपानीका ७९ वर्षीय नरीभान ऐरी रहेको प्रहरीले जनाएको छ । २ हप्ता अघि ससुराली जान्छु भनी हिँडेका वृद्ध आज मृत भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।
वृद्ध पाटन नगरपालिका–४ कै कुणीमा मृत अवस्थामा फेला परेका हुन । गत साउन २६ गते सुर्नया गाउँपालिका–२ स्थित दह भन्ने गाउँमा ससुराली जान्छु भनी घरबाट हिँडेका पारिवारिक स्रोतलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । आज बिहान स्थानीय बासिन्दाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिएको प्रहरी निरीक्षक साउँदले बताउनुभयो । भिरबाट करिब ७० मिटर तल मृतकको शव भेट्टाएको छ ।
शव सडी सेकेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । शवको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्