तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आज ४१ प्रहरी सहित ४६ जना कोरोना मुक्त


बाँके । बाँकेमा आइतबार ४६ जनाले कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज (आइतबार) वडा प्रहरी कार्यालय नेपालगन्जका ४१ जना, नेपालगन्ज उपमहानगरका ४ जना र कोहलपुरका १ जना गरी ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन् ।

आइतबारसम्म बाहिरी जिल्लाका समेत ८ सय २१ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय १४ जना संक्रमण मुक्त भई डिस्चार्ज भई सकेका छन् ।

कोरोना फोकलपर्शन श्रेष्ठले बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा अझै पनि २ सय ३ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । बाँकेमा कोरोना सङ्क्रमणको कारण ४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button