तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली आन्दोलनका शहीद कुँवरको सालिक राख्ने एक टुक्रा जग्गा पाइएन

स्वायत्त कर्णाली आन्दोलनका सहिद हरि बहादुर कुँवर, तस्बिर सागर परियार ।

जुम्ला । स्वायत्त कर्णाली प्रदेश आन्दोलनका शहीद हरिबहादुर कुँवरको सालिक निर्माण सम्पन्न भएको छ । तर उहाँको सालिक राख्ने स्थान नपाइँदा स्मृति दिवसमा पनि सालिक ठड्याउन नसकिएको प्रति सहिद परिवार दुखी भएका छन् । परिवर्तनका लागि गोली खाएर २०७२ साल भदौ ६ गते बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा सालिक राख्ने निर्णय राजनैतिक दलहरूले कार्यान्वयन गर्न नसक्दा सालिक राख्न सकिएको छैन ।

सहिद कुँवरको सालिक जिल्ला प्रशासन कार्यालयको उत्तरतिर राख्ने सर्वदलीय निर्णय भएको थियो । तर अहिले सालिक राख्ने भनिएको ठाउँमा नयाँ भवन बनेको छ । जसका कारण सालिक राख्ने जग्गा समेत पाउन सकिएको छैन । शहीद हरिबहादुर कुँवरका दाजु तथा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले सालिक बनिसकेको महिनौँ दिन भई सक्यो । स्मृति दिवसको दिन सम्म भदौ ६ गते सम्म पनि जग्गाका लागि भतारिँदा नपाएको गुनासो गर्नुभयो । गोली खाएर ज्यान दिने सहिदका लागि सालिक राख्ने जग्गा समेत नहुनु विडम्बना रहेको बताउनुभयो । उहाँले दलहरूले गरेको निर्णय कार्यान्वयन गरिनु पर्नेमा जोड दिनुभयो । सालिक निर्माणका लागि भने चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा रु १३ लाखमा सालिक निर्माण भएको छ ।

उता सहिद कुँवरको जन्म गाउँ सर्मीमा स्मृति भवन निर्माण भइरहेको छ । कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४० लाखको सहयोगमा दुई तला भवन ल्याण्टरको काम सकिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

घाइतेहरूको पनि बेवास्ता

शहीद हरिबहादुर कुँवरले ज्यान गुमाए पनि आन्दोलनमा एक दर्जन बढी घाइते भएका थिए । ती कुन र कस्तो अवस्थामा छन् थाहा छैन । घाइते पदमबहादुर बुढ्थापा, छक्क काकी, पवित्रा बोहरा महतारा, राजबहादुर महत सहितका १३ जना व्यक्तिहरू घाइते भएका हरिबहादुर कुँवर स्मृति प्रतिष्ठानको तथ्याङ्कमा छ । उनीहरूलाई तत्कालीन समयमा सम्बन्धित स्थानीय तहले योग्यता र कार्यक्षमताका आधारमा रोजगारी दिने र घाइतेलाई औषधि उपचार गर्न पहल गर्ने निर्णय समेत भएको थियो । तर सबै ती निर्णय निर्णयमै सीमित छन् । स्वायत्त कर्णालीका लागि हरिबहादुर ज्यानको आहुती दिए, १३ जना घाइते भए । परिणाम सहिदको सालिक राख्ने जगा पाइएन, घाईतले न त राहत पाए नत रोजगारी नै पाए । कर्णालीको हितका लागि बगाइएको रगत पानी जस्तै भएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले उल्लेख गर्नुभयो ।

वि.स. २०७२ साल साउन ३१ गते साबिक कर्णालीका ५ जिल्ला समेटिनुपर्ने भन्दै भएको स्वायत्त कर्णाली आन्दोलनमा हरिबहादुर कुँवरलाई जिल्ला प्रशासन कार्यालय अगाडि गोली लागेर गम्भीर घाइते भई उपचारका लागि काठमाडाँै लिई शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा भदौ ६ गते निधन भएको थियो । हरिबहादुर कुँवरलाई सरकारले सहिद समेत घोषणा गरिसकेको छ । उहाँको सहादतले अहिलेको कर्णाली प्रदेशको जन्म समेत भएको छ । तर विडम्बना जुम्ला उनको छैटो स्मृति दिवसमा समेत सालिक राख्ने जगाा पार्ईएन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button