कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज सुनसरीमा एक छ वर्षिया बालिका र ६७ वर्षिय पुरुष, पर्सामा ३ जना पूरुष तथा बारा, मकवानपुर, सिराह र भक्तपुरमा १–१ जना पुरुष गरी ९ जनाको मृत्यु भएको जनाकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा एक सय ८२ जना महिला र ४ सय ५२ जना पुरुष रहेका छन् ।
यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३१ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज काठमाडौँमा १ सय ६० जना, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना गरी उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उपचारपछि निको भई घर फर्कने ५९ प्रतिशत रहेको र आज थप १ सय ३६ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण पछि निको हुनेको कुल संख्या १८ हजार ३ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १२ हजार ६ सय २१ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना रहेका छन् ।
यस्तै संक्रमितहरुमध्ये १ सय ३५ जनाको आइसियुमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी, मन्त्रालयले काडमाडौ जिल्लामा कारोना संक्रमितहरु बढ्दै गएको भन्दै संक्रमितहरुको सम्र्पकमा आएका व्यक्तिहरुले सात दिन पछि मात्र संक्रमणको परीक्षण गर्न आग्रह गरेको छ ।
मन्त्रालयले संक्रमितको सम्र्पकमा आएका व्यक्तिहरुले तुरुन्त परीक्षण गर्दा संक्रमण नदेखिन सक्ने भन्दै छुट्टै क्वारिनटीनमा रही पाँच देखी सात दिन सम्म पर्खेर संक्रमण परीक्षण गर्न गराउन आग्रह गरेको हो ।
यस्तै पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिसकेपछि सबैजना अनिवार्य क्वारिनटीनमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।
स्वाव संकलन पछि क्वारिनटीनमा नवसेको गुनासो आइरहेको भन्दै अनिवार्य क्वारिनटीनमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्