तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज कारागारका २१ जना कैदी बन्दी कोरोना निको भई आज डिस्चार्ज

बीरगंज । वीरगन्ज कारागारका २१ जना कैदीबन्दी कोरोना निको भई आज डिस्चार्ज भएका छन् ।

बीरगंज कारागार परिसरमा निर्माण गरिएको आइसोलेसनमा उपचाररत २५ जना कैदी बन्दी  मध्ये २१ जनाको लगातार दुई पटक गरिएको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बीरगंज कारागारका प्रमुख श्रवण पोख्रेलले जानकारी दिनुभयो ।

कोरोना निको भई आज डिस्चार्ज हुनेमा १५ पुरुष, पाँच महिला र एक जना बालक रहेको कारागार प्रमुख पोख्रेलले बताउनुभयो ।

यसअघि बीरगंज कारागारका १३ जना कैदिबन्दी गत साउन ३२ गते कोरोना निको भई डिस्चार्ज भएका थिए ।

अब कारागार परिसरमा रहेको आइसोलेसनमा चार जना मात्र कैदी बन्दी सङ्क्रमित रहेको र उनीहरू स्वास्थ्य अवस्था समेत सामान्य रहेको पोख्रेलले बताउनुभयो ।

यस अघिनै वीरगन्ज कारागारका सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरीका १६ जना र कारागार प्रमुख श्रवण कुमार पोख्रेल समेत सङ्क्रमित हुनुभएकोमा साउन ३२ गते कोरोना निको भई नियमित कामा फर्किनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button