कैलालीको घोडाघोडी नगरपालिका सिल
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको छ ।
बिहीबार स्वास्थ्य शाखाका एक, योजना शाखाका एक र एक जना चालकमा कोरोना पुष्टि भएपछि नगरपालिका सिल गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिनु भयो ।
स्वास्थ्य सहितका अत्यावश्यक बाहेक सबै काम बन्द गरिएको उहाले बताउनुभयो । पोजेटिभ आएकाहरूको कनट्याक्ट ट्रेसिङको काम भइरहेको र सम्पर्कमा आएका ७७ जनाको स्वाव संकलन गरी पठाएको नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्