मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा शनिबार खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ स्थित सामरी खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–३ का लालबहादुर सुनारको मृत्यु भएको हो ।
आज बिहान दुध पुर्याउन गएका ५७ वर्षीय सुनारलाई सामरी खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका ईन्चार्ज प्रहरी नायव निरीक्षक कृष्ण केसीले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार मकवानपुरगढीको डुम्रेकुनामा दुध पुर्याएर फर्किएका सुनुवारलाई सामरी खोलाले बगाएको हो । अहिले सुनुवारको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्