तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगन्ज  । बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय १७ जना पुगेको छ ।

भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा कोहलपुरका पाँच जना , नेपालगन्जका तीन जना  र जानकीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

बाँकेमा हालसम्म पाँच सय ६८ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने कोरोना सङ्क्रमणका कारण  चार  जनाको भएको छ ।

त्यस्तैगरी भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा बर्दिया मधुवनका एक  जनामा पनि कोरोना  सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button