तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एक गैँडा मृत अवस्थामा भेटियो

चितवन । चितवनमा आज (शनिवार) एक गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको संयुक्त राप्ती दुन सामुदायिक वन नजिक राप्ती खोला किनारमा मृत वयस्क गैँडा भेटिएको हो ।

निकुञ्जको बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले निकुञ्जको गस्ती टोलीले आज मध्यान्हतिर राप्ती किनारमा उक्त गैँडा मृत फेला पारेको जानकारी दिनुभयो ।

‘वयस्क गैँडा दलदलमा फसेको अवस्थामा भेटिएको छ उहाँले भन्नुभयो, अझै भाले पोथी छुट्याउन सकिएको छैन ।’ उहाँका अनुसार गैँडा आपसमा जुधेर वा दलदलमा फसेर मरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button