सर्लाहीमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको महिलाको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका वडा नं. १२ घर भई लालबन्दी वडा नं.७ बजारमा म म होटल व्यवसाय गर्दै आएकी अन्दाजी ३८ बर्षीया महिलाको गए राती उपचारको क्रममा मृत्यु भएको हो ।
हल्का ज्वरो रुघाखोकी आएपछि एक हप्ता अघि काठमाडौँको ओम हस्पिटलमा भर्ना भएकी ती महिलाको श्वासप्रश्वासमा समस्या भएको र राती नै उनको हस्पिटलमै मृत्यु भएको पारिवारिक श्रोतलाई उदृत गर्दै वडा अध्यक्ष दुर्गाबहादुर आलेले बताउनुभयो ।
ओम हस्पिटलमा भर्ना हुनुअघि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको भए पनि पछिल्लो पटकको परीक्षणमा भने उनको कोरोना पोजेटिभ भएको पाइएको थियो ।
उनको किड्नीले समेत काम गर्न छोडेको र कोरोना संक्रमण कै कारण ज्यान गएको अस्पताल श्रोतले जनाएको वडा अध्यक्ष आलेले बताउनुभयो ।
कोरोना सङ्क्रमणको कारण ज्यान गएको भनिए पनि नगरपालिकामा त्यस्तो कुनै आधिकारिक जानकारी न आएको लालबन्दी स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै कोरोना पोजेटिभ कै कारण ज्यान गएपछि शवलाई काठमाडौँ मै नेपाली सेनाबाट दाहसंस्कार गरिने भएको मृतकको पारिवारिक श्रोतले बताएका छन् ।
शुक्रवार बिहान मात्र कोरोना भाइरसको सङ्क्रमणबाट मलंगवा–३ निवासी ४६ वर्षीय एक व्यापारीको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो ।
योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमणबाट दुई जना महिला र दुई जना पुरुष गरी जम्मा चार जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्