तपाईँ सुन्दै हुनुहुन्छः

झापा प्रहरीले ५३ लाखभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझायो

भद्रपुर, झापा । आर्थिक वर्ष ०७७/०७८ को पहिलो महिना साउनमा झापा प्रहरीले ५३ लाखभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाका विभिन्न नाकामा भन्सार छलेर अवैध रूपमा भित्रिएका ५३ लाख नौ हजार पाँच सय ३० रुपैयाँ मूल्य बराबरका सामान नियन्त्रणमा लिई भन्सार बुझाइएको हो ।

नियन्त्रणमा लिइएका सामानमा सबैभन्दा बढी लत्ताकपडा रहेको छ भने विद्युतीय सामाग्री, सवारी पार्टपुर्जा, किरानालगायतका सामान रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button