तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना सङ्क्रमित

तनहुँ । गण्डकी प्रदेशमा शनिवार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङ्जाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ६८ पुगेको छ ।

डा.शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार पाँच सय ९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेसनमा दुई सय ६९ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button