तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २१ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगञ्ज  । बाँकेमा आज थप २१ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना निको हुनेको सङ्ख्या ५ सय ६८ पुगेको छ ।

निको भएर डिस्चार्ज हुनेहरुमा खुल्ला कारागार गनापुर आइसोलेसनबाट नौ जना, नेपालगन्जस्थित आदर्श नगर आइसोलेसनबाट चार जना , होटल सिटी प्यालेसबाट चार जना ,  कृषि तालिम केन्द्र खजुराबाट दुई जना तथा भेरी अस्पताल र इन्द्रेणी होटल आइसोलेसनबाट एक /एक  जना रहेको  जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा अब दुई सय ३५ जना आइसोलेसनमा रहेको उहाले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button