दोलखामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका

दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गरिएको छ । दोलखा जिल्लामा अहिलेसम्म १५ जना कोरोना संक्रमित भेटिएकोमा १३ जना गौरीशङ्कर गाँउपालिकाको रहेका छन् ।
पछिल्लो पटक शुक्रवार गौरीशङ्कर गाँउपालिकाको एक सय ४१ जनाको स्वाव परीक्षण भएकोमा चार जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुरमा झाले बताउनु भयो ।
दोलखा जिल्लाको गौरीशङ्कर र विगु गाँउपालिका तथा भीमेश्वर नगरपालिकाको गरी तीन सय तीन जनाको स्वाव परीक्षणको लागि भदौ २ गते धुलिखेल अस्पताल पठाईएकोमा शुक्रवार गौरीशङ्कर गाँउपालिकाको एक सय ४१ जनाको रिर्पोट आएको र त्यसमा दुई महिलासहित चार जनाको रिर्पोट पोजेटिभ देखिएको झाले बताउनु भयो ।
गौरीशङ्कर गाँउपालिकामा केही दिन अघि सात जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्रायाक ट्रेसिङको आधारमा भदौ २ गते एक सय ७६ जनाको स्वाव सङ्कलन गरी परीक्षणको लागि पठाईएकोमा शुक्रवार एक सय ४१ जनाको रिर्पोट आएको र त्यसमा चार जनाको रिर्पोट पोजेटिभ आएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्तराज रेग्मीले बताउनु भयो । कोरोना संक्रमण देखिएको चार जना मध्य एक जनालाई स्वास प्रश्वासमा समस्या भएपछि सदरमुकाम चरिकोट पठाईएको रेग्मीले बताउनु भयो ।
शुक्रवार पोजेटिभ रिर्पोट आएका चारै जना वडा नम्बर ५ सुरीका स्थानीय भएको र उनीहरुको ट्राभल हिस्ट्री समेत नदेखिएकोले संक्रमण समुदाय स्तरमा फैलिएको आशंका भएको स्वास्थ्य शाखा प्रमुख रेग्मी बताउनु हुन्छ । अघिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको सुरी प्राथामीक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको दोस्रो पटकको परिक्षण भने नेगेटिभ आएको रेग्मीले बताउनु भयो ।
भदौ २ गते तीन सय तीन जनाको स्वाव सङ्कलन गरी परिक्षणको लागि पठाईएकोमा गौरीशङ्कर गाँउपालिकाको ३५ र भीमेश्वर नगरपालिका तथा विगु गाँउपालिकाको एक सय २७ जनाको स्वाव परिक्षणको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।

दोलखामा भदौ १० सम्म लक डाउन
यसैबीच जिल्लामा कोरोना संक्रमीतको संख्यामा बृद्धिहुदै गएपछि यस अघि भदौ ६ गतेसम्म को लागि घोषणा गरिएको लक डाउनको अवधि भदौ १० गतेसम्म बढाईएको छ ।








प्रतिक्रिया राख्नुहोस्