क्यानद्वारा २३ खेलाडी सहित ५० जनाको कोरोना बीमा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले २३ खेलाडी सहित कुल ५० जनाको कोरोना भाइरस (कोभिड १९) को बीमा गरेको छ । तर यसअघि योजना बनाए अनुसार महिला खेलाडीको बीमा भने हुन सकेन । महिला खेलाडीको बीमा दोस्रो चरणमा गर्ने योजना रहेको क्यानले बनाएको छ ।
क्यानले अहिले आइसीसीसँगको सम्झौतामा रहेका २२ जना सहित थप एक जनाको कोरोना बीमा गरेको छ । त्यो सम्झौतामा नरहेका खेलाडीमा किशोर महतो रहेका छन । अरु खेलाडी २०१९ मा गरिएको बर्गिकरणमा रहेका खेलाडी रहेका छन ।
यस्तै क्यानले २३ जना ग्राउण्ड स्टाफको पनि बीमा गरेको छ । जसमा कीर्तिपुर मैदानमा रहेका १६ जना र सात जना मुलपानी मैदानका कामदार रहेका छन । यस्तै पाँच जना क्यानका कर्मचारीको पनि कोरोना बीमा गरिएको छ ।
तर क्यानले यो चरणमा महिला खेलाडीको भने कोरोना बीमा गर्न सकेन । किनकी महिला खेलाडीको सबै बिबरण हात पार्न नसकेको र खेलाडीलाई सम्पर्क गर्दा कतिसँग सम्पर्क नभएको बताइएको छ ।
यसअघि क्यानले १८ महिला खेलाडीको पनि कोरोना बीमा गर्ने तयारी गरेको थियो । तर अब महिला खेलाडीको कोरोना बीमा दोस्रो चरणमा गर्ने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्