शेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह
काठमाडौं । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ ।
एसोसिएशनले आज (शुक्रबार) आज एक विज्ञप्ति जारी गर्दै शेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो ।
धितोपत्र खरीद गर्न चाहने लगानीकर्ताले अनलाईन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोबार गर्न पनि संघले आग्रह गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्