वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणबाट उपचारको क्रममा आज मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको आज अपरान्ह २ बजे मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
मुटु र उच्च रक्तचापबाट पीडीत ४८ वर्षीय पुरुषको नारायणी अस्पतालको आईसीयुमा उपचार भईरहेको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो ।
यसअघि वीरगञ्ज हेल्थकेयर र नारायणी अस्पतालमा गरी थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
वीरगञ्जामा मृत्यु भएका थप ३ जना संगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृतक मध्ये पर्साका २५, बाराका ५ र रौतहटका २ जना रहेका छन् । बारा र रौतहटका ७ जनाको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्