चितवनमा निषेधाज्ञा पुनः एकसाताका लागि थप

चितवन । साउन ३२ गतेबाट पहिलोपटक निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय चितवनले पुनः एकसाताको लागि निषेधाज्ञा थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज वसेको विपद व्यवस्थापन समितिको वैठकले आज राती देखि भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जिल्लाका माडी नगरपालिका वाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएको थियो । साउन ३० गते पहिलोपटक गरिएको निशेषाज्ञा आज राती १२ वजे सकिदै थियो । तर आज रातीदेखि माडी नगरपालिकाको सिफारिसमा जिल्लाका ७ वटै स्थानीय तहमा निषेधाज्ञा लागु गरिने भएको छ ।
बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनिकरण र रोकथामको लागि एकसाताको समय थप गरेको बताएको छ । जसअनुसार आज मध्यराती देखि भदौ १२ गतेसम्म्को लागि निषेधाज्ञा लम्बिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले नागरिकलाई अत्यावश्यक काम बाहेक हिड्डुल गर्न रोक लगाउंँदै आएको छ । अत्यावश्यक खाद्य सामाग्री खरिदको लागि नागरिकले बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेको समय तोकिएको छ ।
जिल्लामा हालसम्म कोरोना संक्रमित ३ सय ३ पुगेका छन् । जसमा महानगर १ सय ६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११ माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये जिल्लाका तीन कोरोना संक्रमितको मृत्यु भई सकेको छ ।









प्रतिक्रिया राख्नुहोस्