तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसन बाट घर जान अनुचित दबाब

बाँके । आफुलाई लक्षण नदेखिएको भन्दै आइसोलेसनमा बस्ने बाँकेका केही संक्रमितहरुले घर जान अनाहकको दबाब दिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुलाई प्रभावमा पार्दै उनीहरुले जबर्जस्ती गर्न खोजेका हुन् ।

विहिवार त अतिनै गरे, दिनभरको व्यवस्थापनमा दिक्क एक स्वास्थ्यकर्मीले भने, हुनेखाने र प्रभावशाली व्यक्तिहरुबाट दबाब दिइएको हो । तीज मनाउन नपाइएको भन्दै दबाब दिनेहरुमा अधिकांश शुक्रवार १४ दिन पुग्नेहरु रहेको सम्बद्ध स्वास्थ्यकर्मीले बताए ।

बाँकेमा कोरोना भाइरस संक्रमणबाट प्रभावित भएकाहरु निको हुने क्रम उत्साहजनक देखिएको छ । आज शुक्रवारमात्रै ५१ जना डिस्चार्ज भएको जानकारी दिंदै जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने, लक्षण विनाका संक्रमितहरु १४ दिन आइसोलेसनपछि घर फर्किने क्रम बढेको छ ।

विहीवार बाँकेबाट २८ जना डिस्चार्ज भएका थिए । लक्षणसहित संक्रमण देखा परेकी प्रदेश सभा सदस्य कृष्णा केसी सहित निको हुनेमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार खगेन्द्र दाहाल लगायत रहेका छन ।

नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी देखि नगर प्रहरीसम्म निको हुनेमा छन् । निको भएर घर जाँदै गरेकी प्रदेश सभा सदस्य नमूनाले आफूलाई लक्षणसमेत देखिएकोले शुरुमा साह्रै गाह्रो भएको बताउनुभयो । कोरोनाबाट जोगिन सजगकता र सतर्कता अपनाउनुको विकल्प छैन, सांसद नमूनाले भन्नुभयो, कोरोनालाई सामान्य ठान्नेहरुले हेक्का राख्नै पर्छ, यसले ज्यानै लिन सक्छ । मलाई यसरी गलाएको छ की कसैले हेलचक्राईं नगरोस् भन्ने अनुरोध गरिरहेकी छु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button