तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप ३४ जनामा कोरोना पुष्टी

धनगढी । कैलालीमा आज ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै कैलालीमा कोरोना संक्रमितको आकडा एक हजार चार पार गरेको छ ।

आज सेती प्रादेशिक अस्पतालको कोभिड(१९ प्रयोगशालामा गरिएको परिक्षणका धनगढी उपमहानगरपालिका क्षेत्रका ३० जना र गोदावरी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

कैलालीमा हिजो मात्रै तीन जना कर्मचारी सहित ५० जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यसरी कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले गयराती १२ बजेदेखी भदौ १४ गतेसम्मका लागी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button