तपाईँ सुन्दै हुनुहुन्छः

रुख पोलमा ढलेपछि जिल्लाभर विद्युत् अवरुद्ध


सुर्खेत । वर्षासँगै आएको हावाहुरीले विद्युतको पोलमा रुख ढलेपछि सुर्खेत जिल्लाभर विद्युत् अवरुद्ध भएको छ । गए राती जिल्लाको लेक बेसी नगरपालिकाको कल्याण र हिलेसोता बिचको जङ्गलमा हावाहुरीले रुख ढलेपछि ९ वटा पोलमा क्षति पुगेर विद्युत् सेवा अवरुद्ध भएको हो ।

कोहलपुर–सुर्खेत ३३ केभी मुख्य प्रसारण लाइन अन्तर्गत रामघाट–कल्याण क्षेत्रमा हावाहुरीले रुख ढालेर पोलमा क्षति पु¥याएपछि गए राती ९ बजेबाट अवरुद्ध विद्युत् सेवा हालसम्म सुचारु हुन सकेको छैन । ढलेको रुखले बिजुलीको पोल बगाउनुका साथै तार चुँडिएकाले आज साँझसम्म मर्मत गरेर सुचारु गर्ने काम भइरहेको विद्युत् प्राधिकरण सुर्खेत शाखा प्रमुख टंकराज गिरीले जानकारी दिनु भयो ।

उहाँले रुख ढलेर बाङ्गिएका पोल सिधा बनाउन र चुँडालिएका तार जोड्न एक दर्जन कर्मचारी परिचाल गरेर अवरुद्ध विद्युत् सुचारु गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार कुनै प्राकृतिक अवरोध नआए आजै बेलुका ५ बजेसम्म विद्युत् सेवा पुनः सुचारु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button