तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोले घर बगाउँदा २५ घरपरिवार विस्थापित

सल्यान । बाढी पहिरोले जिल्लाको बागचौर नगरपालिका १२ वाफँुखोलाका २५ घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोले घर बगाउँदा २५ घरपरिवार विस्थापित भएका हुन ।

बुधबार राती आएको बाढी पहिरोले वाफुँखोला जरेपानीका गङ्गाराम डाँगीका दुई घर र सूर्य बहादुर वलीको एक घर बगाएको १२ न वडाध्यक्ष दिपक वलीले जानकारी दिनुभयो । यस्तै बाढी पहिरोले ओखरेनी, अध्यारे, भयारथानका २३ घरमा पनि क्षति पु¥याएको उनको भनाई छ ।

विस्थापितहरू मध्ये केही आफन्तको घरमा बसिरहेको र केही विद्यालयमा बसिरहेको अध्यक्ष वलीले बताए । अझै वर्षा भए एक सयभन्दा बढी घरपरिवार विस्थापित हुने उनको भनाई छ । भारी वर्षापछि वडाका अधिकांश स्थानमा पहिरो आएको उनको भनाई छ ।

बाढी पहिरोले एक करोडभन्दा बढीको क्षति गरेको वडाध्यक्ष वलीले बताए । बाढीले घरभित्र रहेको अन्नबाली, बारीमा रहेको बालीनाली सबै बगाएको उनको भनाई छ ।

२०७५ सालमा सोही ठाउँमा आएको पहिरोले एकै घरका दुई जनाको ज्यान गएको थियो भन् २०७२ मा आएको बाढीले १२ दोभान बजारका पसल बगाएको थियो ।

छत्रेश्वरी गाउँपालिका–२ दहखोलामा दुई घर भत्किए, दर्जन बढी घर पहिरोको जोखिममा
छत्रेश्वरी गाउँपालिका–२ दहखोलामा अविरल वर्षाले दुई घर भत्काएको छ । अविरल वर्षाले गोपाल वि।क। र टिकाराम बस्नेतको घर भत्काएको २ न वडाध्यक्ष प्रेम खड्काले बताए ।

वर्षापछि आएको बाढीले लक्ष्मण केसी, प्रेम केसी, विशाल पुन, तेज बहादुर कँवर, गौरीलला ओली, डिल्ली बहादुर ओली, जनक ओली, भिउसेन सुनार, पवित्र वि।क।, डिल्ली दमाई, दल बहादुर ओली, टोप बहादुर डाँगी, टोप बहादुर ओली, केशरी खड्का, कृति बहादुर बस्नेत, खड्का पुन, प्रेम नेपाली लगायतका घरहरू उच्च जोखिममा रहेको उनको भनाई छ ।

बाढी पहिरोले एक करोड बराबरको अन्नबाली, फलफूलमा क्षति पुर्‍याएको वडाध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button