चितवनका एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
चितवन । पुर्बी चितवनको कालिका नगरपालिका–६, क्लब चोक घर भएका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगर प्रहरी कार्यालय भृकुटीमण्डप, काठमाडौँमा कार्यरत ३० वर्षीय प्रहरी रेशमराज भट्टलाई कोरोना संक्रमण देखिएको हो ।
गत साउन २९ गते घर आएका उनी भदौ ३ गते बुधवार कार्यालय पुगेका थिए । चार दिनको बिदामा आएका उनको कार्यालयमा हाजिर हुनुभन्दा अगाडि कोरोना परीक्षण गर्ने क्रममा हिजो बिहीबार कोरोना संक्रमण पुष्टि भएको उनले टेलिफोनमार्फत बताए ।
उनको गत साउन ७ गते पनि कोरोना परीक्षण गरेकोमा सो समयमा भने कोरोना नेगेटिभ आएको थियो । उनले टेकु प्रयोगशालामा आफ्नो स्वाब परीक्षण गरिएको बताएका छन् । हाल उनी वीरेन्द्र प्रहरी हस्पिटल महाराजगन्जको आइसोलेसनमा रहेका छन् । आफ्नो स्वास्थ्य भने सामान्य रहेको उनले बताए ।
गत असार १४ गते विवाह गरेका भट्टको श्रीमती गत भदौ १ गते भरतपुर १६ बिजयनगर माइती गएकोमा श्रीमानलाई कोरोना पुष्टि भएको थाहा पाएसँगै हिजो बिहीबार नै घर फर्किएकी छन् ।
भट्टलाई कोरोना पुष्टि भएसँगै स्थानीयहरूले कोरोना समुदायमा फैलिएको आशङ्का गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्