बाँकेमा एकै दिन ५१ जना कोरोना सङ्क्रमित डिस्चार्ज

नेपालगञ्ज । बाँकेमा आज एकै दिन ५१ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमण भइ निको हुनेको सङ्ख्या ५ सय ४७ पुगेको छ ।
कौशिलानगर आर्मी आइसोलेसन, नेपालगञ्ज मेडिकल कलेज चिसापानी आइसोलेसन, होटेल सिटी प्यालेस, खुल्ला कारागार, सुशील कोइराला क्यान्सर अस्पताल आइसोलेसन, आदर्श नगर आइसोलेसन र लायन्स डेण्टल अस्पताल आइसोलेसनबाट उनीहरू निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा अब आइसोलेसनमा रहनेको सङ्ख्या दुई सय ३९ रहेको छ । हालसम्म बाँकेमा सात सय ८७ जना कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये चार जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्