तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस संक्रमण रोक्न मुख्यमन्त्री पोखरेलको अनुरोध

रुपन्देही-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस वर्षको तीज कुनै जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गर्नुभएको छ ।
नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमणले सिंगो समाज पिल्सिएकाले जमघट हुँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गर्नुभएको हो ।

कोभिड १९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेको जानकारी दिँदै पोखरेलले नागरिकको सार्थक सहयोगबाट मात्रै माहामारीलाई जित्न सकिने बताउनुभएको छ । कोरोनाविरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक उहाँको धारणा छ ।

पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन उहाँले अपील गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button