तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा थप २४ जनामा कोरोना

कपिलवस्तु । कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार आज मात्र थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमित सबै समुदायका रहेका छन् । यही साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३२९ नमुना मध्ये २४ पोजेटिभ आएको छ भने ८७ रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै २१८ नतिजा प्रतीक्षामा छ । आज थप २४ जनामा कोरोना पुष्टि भएसंगै कपिलवस्तुमा संक्रमितको संख्या १००६ पुगेको छ । आज थपिएका संक्रमित सबै कृष्णनगर नगरपालिकाका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button