सुनको मूल्य बिहीवार १ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौं । तोलाको १ लाख नाघेको सुनको मूल्य बिहीवार १ हजार ६ सय रुपैयाँले घटेको छ ।
बिहिबार सुनको मूल्य तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी बिहिबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
बिहिबार चांदी तोलाको १ हजार ३ सय ६० रुपैयाका कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार उतारचढाव भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्