शेयर बजारमा सामान्य बृद्धि

काठमाडौं । निषेधाज्ञाले बिहिवार काठमाडौं उपत्यका सुनसान भए पनि सेयर बजार भने ६.२८ अंकले बढेर नेप्से परिसूचक १३९७.५७ विन्दुमा पुगेको छ ।
निषेधाज्ञाले अफलाइन कारोबार प्रभावित हुँदा भने कुल ३९ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र शेयर किनबेच भएको छ ।
कतिपय लगानीकर्ताले ब्रोकर कार्यालयमा सम्पर्क गरी अनलाइनबाटै कारोबार गरेकाले बिहिवार १८२ कम्मनीको शेयर किनबेच भएको हो । हाल करिब ३० हजार लगानीकर्ता अनलाइनमा आवद्ध भइसकेका छन् ।
अझैपनि अफलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या नै ठूलो रहेकाले यो प्रभावित हुँदा साताको अन्तिम दिनको कारोबार रकम कम रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताउनुभयो ।
यसअघि सामान्य अवस्थामा दैनिक एक अर्बभन्दा बढीको सेयर कारोबार हुँदै आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्