कोरोना संक्रमित लाई भेन्टिलेटर सहितको स्वास्थ्य सेवा

सुनसरी । कोरोना संक्रमितलाई उपचारका लागि प्रदेश १ कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु गरिएको छ ।
कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ५ बेडको भेन्टिलेटर जडान गरिएको कडा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित भेन्टिलेटर सुविधा जडान गरिएको हो ।
अस्पतालमा २ वटा स्थायी रुपमा र ३ वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कोशी कोभिड–१९ उपचार केन्द्रमा हाल ३ जना विरामी आईसीयूमा उपचाररत रहेको अस्पतालका इन्चार्ज डा.दिपक सिग्देलले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयले सेवा विस्तारको विषयमा बिहीबार पत्रकार पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार आईसीयू र भेन्टिलेटरका लागि आवश्यक स्वास्थ्य जनशक्ति तत्कालका लागि कोशी अस्पताल र कोभिड उपचार केन्द्रमै रहेकाहरुबाट व्यवस्थापन गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
कोभिड–१९ उपचार केन्द्र सञ्चालनका लागि कोशी अस्पतालका मेसु डा.चुमनलाल दास, वरिष्ठ चिकित्सक डा.दिपक सिग्देल डा.डेन आचार्य र डा.रुपेश गामी विशेषज्ञ चिकित्सकको टोलि परिचालन भएको छ ।
कोभिड–१९ उपचार केन्द्रमा लक्षणसहितका संक्रमितलाई मात्रै भर्ना लिइने यस अगाडीसम्म कोरोना संक्रमण पोजेटिभ देखिएका सबै संक्रमितलाई राखिदैं आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्