तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ मा ५८ संक्रमित थपिए

रुपन्देही । प्रदेश नं. ५ मा २४ घण्टामा ५८ जना कोरोना संक्रमित थपिएका छन् । अपरान्ह ४ बजेसम्मको तथ्याङक अनुसार प्रदेशमा ४७ पुरुष र ११ महिला गरी ५८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो संगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ३ सय ९३ पुगेको छ । जस मध्ये १ हजार ३१ सक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय ९६ जना उपचारपछि घर गएका छन् ।

त्यस्तै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १७ रहेको छ ।
हाल प्रदेशका ४ कोरोना अस्पतालमा ८९ जनाले उपचार गराइरहेका छन भने सघन उपचार कक्षमा १२ जनाले उपचार गराइरहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

त्यसबाहेक लक्षणविनाका संक्रमितहरु आइसोलेसन केन्द्रमा ७ सय ८३ जना रहेका छन् । आज थप भएका संक्रमितमध्ये कपिलवस्तुमा २४, दाङमा ४, पाल्पामा १, बाँकेमा १९, गुल्मीमा १, रुपन्देहीमा ४ र बर्दियामा ५ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button