तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवामा, तपाईँको मास्क खोइ अभियान


भैरहवा । नेपालमा कोरोना भाइरसको सक्रमणको जोखिम बढिरहेका बेला भैरहवामा मास्क लगाउनका लागि नयाँ अभियान नै सुरुवात भएको छ ।

सामान्यतः मानिसहरुले मास्क लगाउन झ्याउ मान्ने, लगाउन अटेरी गर्ने गरेका कारण प्रहरीले नै कारबाही गर्नु पर्ने बाध्यता छ तर भैरहवामा भने लायन्स क्लव अफ भैरहवा ग्रीन सिटीले तपाईँको मास्क खोई भन्दै चोक चोकमा ब्यानर टाँसेर अभियान चलाउन थालेको छ ।

ग्रिनसिटिले सर्वसाधारणलाई सचेत गराउने गरि मास्क लगाउनु अनिवार्य भएको भन्दै गरेको ब्यानरिङ अति नै महत्वपुर्ण रहेको लायन्स क्लब अफ ३२५ बिटू का स्ट्राटेजिक चिफ नवराज न्यौपाने बताउँछन् ।

ग्रिनसिटिका अध्यक्ष शिबनाथ गुप्ताले लकडाउन भए पनि मान्छेहरु साँझ र बिहानपख मास्क नलगाई बाटो र चौकतिर हुल बाधेंर हिडिरहेका बेला उनिहरुलाई सचेत गराउने ढंगले मास्क लगाउन उत्प्रेरित गर्ने तरिकाले ब्यानरिङ गरिएको बताए ।

हामी सेवा गर्छाै भन्ने मूल उद्धेश्यकासाथ स्थापित लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले कोरोना महामारीको बेला समुदायमा कोरोनाबाट बच्ने सचेतनामुलक कार्यक्रम अन्र्तगत ब्यानरिङ कार्यक्रम नै सुरुवात गरेको हो गुप्ताले भने ।

भैरहवाको अञ्चलपुर, बर्मेलिटोल, लुम्बिनी रोड, मिलनचोक, मेउडिहवा मेडिकल कलेज, आखा अस्पताल, देवकोटा चौक, जनकपथ, एयरपोर्ट, बसपार्क, बेलहिया जस्ता अलि भिडभाड हुने ३० ठाउँ छनौट गरेर मास्क खै भन्ने ब्यानरिङ गरिएको क्लबका तृतिय उपाध्यक्ष मनोज क्षेत्रिले बताए ।

दिनहुं कोरोना संक्रमितको दर बढ्नुको मुल कारण हेलचेक्राईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाईजर प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नु भएको जनस्वास्थयको पनि निश्कर्ष भएकोले सरकारी अभियानमा हामीले हातेमालो गर्ने कोसिस गरेको क्लबका सदस्य कमल रायमाझीले बताए ।

लायन्स क्लब अफ भैरहवा ग्रिन सिटि केही दिन अगाडि क्यान्सर पीडित मनोज गिरिलाई ५१ हजार आर्थिक सहयोग गर्दै स्थापना भएको हो । ५३ सदस्य रहेको उक्त क्लबले कोभिड–१९ को न्युनिकरणमा स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला संकट व्यवस्थापन समितिसंग सहकार्य गरेर काम गर्ने तयारी गरेको क्लबका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरिले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button