तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ५० जना कोरोना संक्रमित थपिए

धनगढी । कैलालीमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा गौरीगंगा नगरपालिका क्षेत्रका २६, घोडाघोडी नगरपालिकाका १०, भजनी नगरपालिकाका ३ र गोदावरी नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

उहाले संक्रमित मध्ये १५ महिला र ३५ जना पुरुष रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button