तपाईँ सुन्दै हुनुहुन्छः

मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।

देवदह मेडिकल कलेजमा मृत्यु भएका देवदह नगरपालिका–३, शिसपुर निवासी ७० वर्षीय वृद्धको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भएको पुष्टि भएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ । मृत्यु भएका पुरुषको नेपाली सेनाले दाहसंस्कारको तयारी गरिरहेको देवदह नगर स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताउनु भयो ।

मृत्यु भएका पुरुष विगत लामो समयदेखि पक्षघाट, सुगर, प्रेसरको विरामी रहेको देवदह नगरपालिका–३, का वडाध्यक्ष वैकुण्ठबहादुर कुँवरले जानकारी दिनु भयो । कोरोना पोजेटिभ भेटिएका देवदह नगरपालिकामा कोरोना पोजेटिभका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई सिल गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button