बाढीले बगाएर शव फेला परेका ६ जनाको सनाखत
अछाम । मङ्गलवार राती कैलाश खोलाको बाढीले बगाउँदा बेपत्ता मध्ये शव फेला परेका ६ जनाको सनाखत भएको छ । जसमा रामारोशन गाउँपालिका ५ अछामका ४८ वर्षीय चन्द्र साउँद, ४५ वर्षीय लालसरा शाही, २० वर्षीय बविता बुढा साउँद, ४५ वर्षीय अमर शाह, ३२ वर्षीय गौरी शाह र १५ वर्षीय नवीन साउँद रहेका छन् ।
उनीहरू मध्ये पाँच जनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने एक जनाको शव ल्याउने क्रममा रहेको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
बेपत्ता भएका १७ जनामध्ये अझैँ ११ जना सम्पर्क विहीन भएका र उनीहरूको बिहीबार बिहानैदेखि खोजी कार्य जारी राखेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीय लगायतले दिनभर खोजी गरे पनि भेटाउन नसकिएको उहाँले बताउनुभयो ।
बाढीले बगाएर तल्लो तटीय क्षेत्रमा समेत लैजान सक्ने भएकोले खोजीका लागि डोटी तथा कैलाली जिल्लामा पनि समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्