तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एकको मृत्यु तीन घाईते


कञ्चनपुर । महाकाली नगरपालीकाको दोधारा चाँदनीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । महाकाली–३ स्थित जगदशी मास्ट टोलमा भारतीय नम्बर प्लेटको मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटनामा परेको छ ।

मृत्यु हुनेमा गाडीमा सवार २२ वर्षीय गगन सुनार छन, भने १९ वर्षीय करन बुढाक्षेत्री घाइते भएको छ । मृतक सुनारलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

भारतीय नम्बरको एचआर २६ डिडि ५०४१ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अचानक रुखमा ठोक्किएको स्थानीयले बताए । घाइते र मृत्यु भएकामध्ये कसले गाडी चलाएको भन्ने अझै खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button