कोरोना महामारीका कारण विद्यालयमा पढाइ नभएपछि टोल टोलमा पढाइ सुरु

बझाङ । कोरोना महामारीका कारण विद्यालय सञ्चालन हुन नसकेर विद्यार्थीको पठनपाठनमा असर परेपछि बझाङमा एउटा गैरसरकारी संस्थाले टोल टोलमा पढाइ सुचारु गरेको छ । जिल्लाको ३७ वटा गाँउटोल बस्तीमा गैरसरकारी संस्थाका स्थानीय उत्प्रेरकहरूले बालबालिकाहरूको पढाइ गतिविधि लाई निरन्तरता दिँदै आएका छन् ।
फागुनमा अन्तिम परीक्षा दिएर घरमै बसेका बालबालिकाहरूलाई वैशाखदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रारम्भिक तह पढाइ कार्यक्रम परियोजना अन्तर्गत स्थानीय साइपाल विकास समाज नामक संस्थाले यो काम गर्दै आएको हो ।
वैशाख जेठ देखी हामीले सानो टोल बस्तीका दश बाह्र जना बच्चाहरू जम्मा गरी भिडभाड नहुने गरी पढाइ लेखाइ विषयगत ज्ञान साथै अन्य व्यावहारिक ज्ञान पनि सिकाउँदै आएका छौ परियोजनाका संयोजक कृष्णराज रेग्मीले भने अहिले असारबाट विद्यार्थीहरूले पुस्तक पाइ सकेको हुँदा स्थानीय शिक्षकहरू बोलाएर पनि विषयगत ज्ञान दिँदै आएका छौ । बालबालिकाहरूको पढाइ लाई मध्यनजर गरी सरकारी र गैरसरकारी तहबाट विभिन्न सञ्चार माध्यममा मार्फत पढाइ कार्यक्रम प्रसारण हुँदै आएको भए पनि कतिपय गाउँघरका विद्यार्थीहरू लाई यो कुरा जानकारी नहुने भएकाले संस्थाका कर्मचारीहरूले रेडियोमा आएका शैक्षिक कार्यक्रमको पनि जानकारी गर्दै आएका छन् । करोना कहरका कारण बालबालिकाको पढाइ भने निकै प्रभावित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्