तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिरोमा पुरिएका २९ को शव फेला, १० अझै बेपत्ता

सिन्धुपाल्चोक । गत शुक्रवार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप एक जना पुरुषको शव भेटिएको छ । बिहीबार दिउँसो ४२ वर्षीय हिरा दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आज बिहान एक बालक र दुई महिलाको शव फेला परेको थियो । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया बिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या २९ पुगेको छ । १० जना अझै बेपत्ता छन् ।

हालसम्म शव फेला परेकामध्ये १६ पुरुष र १३ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् ।बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button