तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २८ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगञ्ज  । बाँकेमा आज थप २८ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।

खुल्ला कारागार गनापुर आइसोलेसनबाट सात  जना, होटेल सिटी प्यालेस आइसोलेसनबाट सात जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट पाँच, आदर्श नगर आइसोलेसनबाट चार , लायन्स डेण्टल अस्पताल आइसोलेसनबाट चार र भेरी अस्पतालबाट एक  जना निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या चार सय ९६ पुगेको छ । अब आइसोलेसनमा बाँकेका दुई सय ६३ र अन्य जिल्लाका तीन जना गरी दुई सय ६६ जना छन् ।

हालसम्म ७ सय ६३ जनामा कोरोना पुष्टि हुँदा चार जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button