लिदी पहिराे : मृतकको संख्या २८ पुग्यो, ११ अझै बेपत्ता

सिन्धुपाल्चोक । गत शुक्रवार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप ३ को शव भेटिएको छ । यस अघि २५ जनाको शव भेटिएकोमा ११ अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए ।
आज एक बालक र २ महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । आज वर्ष ४२ की जिबिरानी दोङ, वर्ष ५ का सानुकान्छा दोङ र वर्ष १८की ललिता दोङको शव फेला परेको हो ।
यो सँगै पहिरोमा ज्यान गुमाउने २८ पुगेका छन् ।
शव फेला परेकामध्ये १५ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यसमध्ये १४ जना बालबालिका मात्रै रहेका छन् ।
पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरी ६६ जना र स्थानीय बासीहरू जुटेका छन् ।
एक्स्काभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्