तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा गोली हानी पुजारीको हत्या

रौतहट । रौतहटमा गए राती एक मन्दिरको पुजारीको गोली हानी हत्या भएको छ । माधबनारायण नगरपालिका–२ खेसरियामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको हो ।

मन्दिर प्राङ्गणमा खाना खाईरहेको समयमा आएका बन्दुकधारीले कन्चटमा गोली हानी साहको हत्या गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबिराज खड्काले हत्या गर्ने समुहको खोजीमा प्रहरी जुटेको बताउनु भयो । गत आईतबार मात्रै गरुडा नगरपालिका –८ जिंगडिया निबासी १७ बर्षिय निरञ्जन राम चमारको हत्या भएको थियो । चार दिनको अन्तरमा मात्रै ईलाका प्रहरी कार्यालय गरुडाको क्षेत्र भित्र दुई जनाको हत्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button