तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

अछाम । अछाममा १ जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

स्थानीय नृप भण्डारीकी ३५ बर्षिया श्रीमती नामसरा भण्डारीको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले बताउनु भयो ।

बुधवार बिहान करिब ८ बजे सुत्केरी व्याथा लागेर वडाको स्वास्थ्य चौकीमा लगे पनि अध्याधिक रक्तस्राव भएपछि उद्धार गरी सुर्खेत पठाइएको अध्यक्ष साउदले बताउनु भयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सुत्केरी महिलाको उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button