बाढीले वडा कार्यालय बगायो, १ सय ५० घर जोखिममा
राजेन्द्रविक्रम शाही, काठमाडौं । अविरल वर्षासंगै आएकोे बाढीले जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको छ ।
जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडा अध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै भिषण वर्षाका कारण वडा नम्बर ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब १ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
बाढीले कटान गरेपछि सैयौ बिगाहा खेतबारी बगरमा परिणत हुनुका साथै २ वटा पसल र १० वटा पानी घट्टपनि बगाएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्