वीरगञ्जमा कोरोना संक्रमित थप १ को मृत्यु
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणबाट आज अपरान्ह वीरगञ्ज महानगरपालिका वाडा नम्बर–५ रेशमकोठी निवासी ४० वर्षीया एक महिलाको मृत्यु भएको हो । अलि अर्थो ट्रमा सेन्टरमा चार दिनदेखि उपचार गराइरहेकी ४० वर्षीया महिलामा हिजो कोरोनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
मधुमेहकी बिरामी महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान १० बजे अर्थो ट्रमा सेन्टरबाट नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थकेयर अस्पतालमा पुर्याइएकोमा उनको आज अपरान्ह उपचारको क्रममा मृत्यु भएको वीरगञ्ज हेल्थकेयरका सञ्चालक डा अबुल हैस अन्सारीले जानकारी दिनुभयो । यसको पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी रहेको छ ।
यसअघि आजै बीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्