बीरगंजमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

बीरगंज । बीरगंजमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट आज अपराह्न वीरगंज महानगरपालिका वडा नम्बर–५ रेशमकोठी निवासी ४० वर्षीय एक महिलाको मृत्यु भएको छ ।
अलि अर्थो ट्रमा सेन्टरमा चार दिनदेखि उपचार गराइरहेकी ४० वर्षीया महिलामा हिजो कोरोनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
मधुमेहकी बिरामी महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान १०ः०० बजे अर्थो ट्रमा सेन्टरबाट नारायणी अस्पतालको अस्थायी कोभिड वीरगंज हेल्थ केयर अस्पतालमा पुर्याइएकोमा उनको आज अपराह्न उपचारको क्रममा मृत्यु भएको वीरगंज हेल्थ केयरका सञ्चालक डा अबुल हैस अन्सारीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले यसको पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी रहेको छ । यसअघि आजै बीरगन्जमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्