पानीमा किरा भेटिएपछि उद्योग शील
रुपन्देही । बजारमा पठाइएको पानीमा किरा भेटिएपछि रुपन्देहीको बुटवलको कालिकानगरमा रहेको माउन्ट कैलाश ब्रान्डको पानी उत्पादन गर्ने कर्माचार्य मिनिरल एण्ड वेभरेज इन्डष्ट्रिज शील गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख विमलकुमार दाहालले खानेपानी प्रशोधनसम्बन्धी निर्देशिका विपरीत पानी बोतलमा भरेर बजारमा पठाएको प्रमाणित भएकोले उक्त कम्पनीलाई शील गरिएको जानकारी दिनुभयो ।
कम्पनीले गत जुलाई महिनामा उत्पादन गरेको ब्याच नं एफ रहेको बोतलमा झुसिल्किरा प्रजातिको किराका माउ र बच्चा रहेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गरेको थियो । परीक्षणमा पानी पिउनयोग्य नरहेको देखिएको छ ।
खानेपानी प्रशोधनसम्बन्धी निर्देशिकामा पानी बोटलिङ गर्दा अटोमेटिक मेसिनबाट गर्नुपर्ने र उक्त स्थान उज्यालो र सफा स्थान हुनुपर्ने प्रावधान रहे पनि अनुगमनमा त्यो नभेटिएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्