डिपोका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या
रुपन्देही । रुपन्देहीस्थित नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालय भलवारी डिपोका कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि प्रदेश ५ का सात जिल्लामा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएको छ ।
आयल निगम प्रादेशिक डिपोका तीन, आयल निगमको भैरहवामा रहेको पम्पका चार र विमानस्थलमा रहेको हवाई इन्धन डिपोका चार जना कर्मचारीलाई कोरोना सङ्क्रमित भएपछि आपूर्तिमा समस्या भएको हो ।
चार दिनयता पेट्रोलियम पदार्थको सहज आपूर्तिमा समस्या भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनका महासचिव हरिराम कसौधनले बताउनुभयो ।
कोरोनाका कारण निगमको डिपो र पम्प पाँच दिनका लागि शील गरिएको छ ।
व्यवसायीका अनुसार निगमले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका जिल्लालाई पुग्ने मात्रै तेल आयात गरिरहेको छ । जसले गर्दा बुधवारदेखि पहाडी जिल्लाहरूमा तेल अभाव भएको छ । व्यवसायी आफैलाई तेल आयात गर्न दिइएको छैन । निगमले तीन जिल्लालाई मात्रै पुग्ने आयात गर्दा पहाडमा चरम अभाव सुरु भइसकेको उहाँले बताउनुभयो ।
निगमको प्रादेशिक कार्यालय भलवारी डिपोले साबिक लुम्बिनीका छ र स्याङ्जा गरी सात जिल्लामा तेल आपूर्ति गर्दै आएको छ ।
प्रदेशका अन्य जिल्लामा नेपालगंज डिपोबाट वितरण गरिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्