तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा थप १२३ जना संक्रमित

सुनसरी । प्रदेश १ मा आज १ यस २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरू मध्यो ९० जना पुरूष र ३३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढी मोरङमा ६७ जना, सुनसरीमा ३७ जना, झापाका १६ जना, पाँचथरमा १ जना र प्रदेश १ स्थायी ठेगाना नभएका २ जना रहेका छन् ।

संक्रमण देखिएकाहरू मध्य मोरङको विराटनगरमा ३२ पुरूष र २० महिला, बुढिगंगामा १ महिला र १ पुरूष, रंगेलीमा ५ महिला र ४ पुरूष, मिक्लाजुङ्गमा १ पुरूष, कानेपोखरीमा १ पुरूष, धनपालथान १ पुरूष र कटारीमा १ महिला रहेका छन् ।

सुनसरीको धरानमा २ पुरूष, दुहवीमा ३ महिला र ८ पुरूष, हरिनगरका १ महिला र १२ पुरूष, बर्जुमा १ महिला र ४ पुरूष, इटहरीमा ४ पुरूष र रामधुनीमा २ पुरूष रहेका छन् ।

झापाको भद्रपुरमा ३ जना पुरूष, दमकमा ८ जना पुरूष, बिर्तामोड, कचनकवाल र कमलमा १–१ जना रहेका छन् भने अन्य २ जनाको ठेगना नखुलेको पाँचथरका १ पुरूष रहेका छन भने १ महिला र १ पुरूष गरी २ जना भारतिय नागरिकमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ५५ पुगेको प्रदेश १ मा आज २ जना डिस्चार्ज भए मेची अञ्चल अस्पताल धाईजन आइसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएका हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button