तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना भाइरसबाट थप ६४ हजार सङ्क्रमित

नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका छन् ।

सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २७४ पुगेको मन्त्रालयको तथ्यांक छ ।

कुल सङ्क्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार ५१४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८७१ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरी तीन करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । रासस/ एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button